काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
कार्यालयका एसपी नरेश सुबेदीका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा सवारीसाधन चलाउँदा वृद्धवृद्धा तथा बालबालिकालाई असर पुग्नुका साथै विद्यार्थीको पढाइमा समेत बाधा पुग्छ। यसले रातिको शान्त वातावरण खल्बल्याउनुका साथै सडक दुर्घटनाको जोखिम पनि बढाउँछ।
उनका अनुसार यस्तो गतिविधि सार्वजनिक शान्ति, नागरिकको स्वास्थ्य र वातावरणविरुद्ध छ। यसकारण ४०१ वटा बाइकलाई नियन्त्रणमा लिएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था छ।
ध्वनि तथा वातावरण प्रदूषण नियन्त्रणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सरोकारवाला निकायसँग समन्वय गरी हर्न निषेधित क्षेत्र तोक्ने, सवारीसाधनको नियमित यान्त्रिक परीक्षण तथा प्रदूषण जाँच गर्ने र अनुगमन तथा निगरानी गरी कारबाही गर्दै आएको सुबेदीले बताए।
-1794895398.jpeg)
-1794895396.jpeg)
-1794895397.jpeg)
-1794895397.jpeg)
-1794895397.jpeg)
-1794895395.jpeg)
-1794895396.jpeg)
-1794895396.jpeg)
-1794895396.jpeg)
-1794895395.jpeg)
-1794895395.jpeg)
-1794895395.jpeg)
-1794895394.jpeg)
-1794895394.jpeg)
-1794895394.jpeg)
-1794895394.jpeg)