आज हरिबोधिनी एकादशी मनाइँदैछ।
ठूलो एकादशी पनि भनिने यस पर्वलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुको पूजा आराधना गरी मनाउँछन्।
यस अवसरमा देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ।
हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ।
त्यसैले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको हो।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको आज विधिपूर्वक दामोदरसँग विवाह गरिन्छ।
तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ। त्यसपछि भगवान् विष्णुको प्रतीक दामोदरका रूपमा निगालो गाडेर तुलसीसँग विवाह गराउने चलन छ।
आज देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइँदैछ।
काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ।
यस दिन नदी वारपार फूलको माला अर्थात् तोरण टाँग्ने परम्परालाई ‘फूल तार्ने’ भनिन्छ।
तस्बिरहरूः
-1795143531.jpeg)
-1795143531.jpeg)
-1795143531.jpeg)
-1795143531.jpeg)
-1795143530.jpeg)
-1795143530.jpeg)
-1795143531.jpeg)
-1795143530.jpeg)
-1795143530.jpeg)
-1795143531.jpeg)
-1795143530.jpeg)