सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै विनिङपेग हग्सले ग्लोबल टी-२० क्यनडाको उपाधि जितेको छ।
२० ओभरको खेल बराबरी भएपछि भएको सुपर ओभरमा पहिले ब्याटिङ गरेको भान्कुभरले ९ रन मात्र जोड्न सक्यो। जुन लक्ष्य विनिङपेगले ४ बलमै पूरा गर्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको विनिङपेगले ८ विकेटको क्षतिमा १९२ रन जोड्यो। उसका लगि शैमान अनवारले ९० रनको योगदान दिए।
जवाफी ब्याटिङ गरेको भान्कुभरले पनि ६ विकेटको क्षतिमा १९२ रननै जोड्यो। उसका लगि आन्द्रे रशेलले २० बलमा ४६ रन र सोएब बलिङले ३६ बलमा ६४ रन जोडे।
अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएको अवस्थामा आन्द्रेश रसेलले पहिलो ४ बलमा २ छक्का सहित १५ रन जोडेका थिए। तर अन्तिम २ बलमा २ रन बनाउन भने उनी सक्षम भएनन्। पाँचौ बलमा १ रन लिन लिन नसक्दा अन्तिम बलमा विन जाफर रनआउट भएका थिए।
विनिङपेगमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी आबद्ध थिए। तर उनले एक खेलमा मात्र मौका पाउन सके। समूह चरणमा सोमपालले एडमन्टन रोयल्यविरुद्ध २ ओभर बलिङ गर्दा ३३ रन दिएका थिए। यस्तै अर्का बलर सन्दीप लामिछाने टोरन्टो नेसनल्समा थिए। उनले ४ खेलमा ५ विकेट लिएका थिए।
एक खेलमा मात्र मौका पाएका सोमपाल विदेशी फ्रेन्चाइज क्रिकेट लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन्।