ओमानमा हुने टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय टिम त्यसतर्फ प्रस्थान गरेको छ।
सिंगापुरमा त्रिकोणीय सिरिज खेलेपछि नेपाली टिम ओमान प्रस्थान गरेको हो।
त्रिकोणीय सिरिजमा नेपालले जिम्बावेविरुद्धको दुवै खेलमा पराजय भोगेको थियो।
नेपाल सिंगापुरविरुद्धको पहिलो खेलमा ९ विकेटले विजयी भएको थियो भने बुधबारका लागि तय दोस्रो खेल वर्षाले अवरुद्ध भएको थियो।
सिरिजका आफ्ना खेल सकिएपछि नेपाली टिम बिहीबार सिंगापुरबाटै श्रीलंकन एयरल्यान्ससबाट ओमान गएको हो।
ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।
ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका
असोज १९ गते नेपाल भर्सेस हङकङ
असोज २० गते नेपाल भर्सेस नेदरल्यान्ड्स
असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड
असोज २३ गते नेपाल भर्सेस ओमान