दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा भारतले ९ विकेटको क्षतिमा ४९७ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको छ।
शनिबार राचिमा सुरु भएको टेस्मा भारतका लागि ओपनिङ ब्याट्सम्यान रोहित शर्माले दोहोरो शतक हिर्काए। रोहितले २१२ रनको योगदान दिए।
उनले २५५ बलमा २८ चौका र ६ छक्का हिर्काए। अजिन्का राहाणेले ११५ रनको योगदान दिए। उनले १९२ बलमा १७ चौका र १ छक्का हिर्काए।
रवीन्द्र जडेजाले ५१ रनको योगदान दिए।
बलिङमा दक्षिण अफ्रिकाका जर्ज लिन्डले ४ विकेट र कागिसो रबाडाले ३ विकेट लिए।
यसअघिका दुवै टेस्ट भारतले जितेको थियो।