एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीच खेल जारी छ।
थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा खेल भइरहेको छ।
सन्दीपले मलेसियाका ओपनर विरानदीप सिंहलाई पवन सर्राफको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए। त्यसको लगत्तै उनले अर्को दुई विकेट लिएका छन्।
योसँगै सन्दीप टि-२० मा एक सय विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन्। सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग र राष्ट्रिय टोलीबाट उक्त उपाधि हात पारेका हुन्।
सन् २०१८ मा भएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा ३ खेलमा ५ विकेट लिएका थिए। सन् २०१८ मा क्यारेबिन प्रिमियर लिग ५ खेलमा ७ विकेट लिए। त्यस्तै,अफगानिस्तान प्रिमियर लिग २०१८ मा १ खेलमा २ विकेट लिएका थिए। बिग ब्यास लिग २०१८/१९ मा ८ खेलमा ११ विकेट लिए। बंगलादेश प्रिमियर लिग २०१८/१९ मा ६ खेलमा ४ विकेट विकेट लिएका थिए। पाकिस्तान सुपर लिग २०१९ मा ७ खेलमा ११ विकेट लिए। आइपिएल २०१९ मा ६ खेलमा ८ विकेट लिन सफल भएका थिए। क्वारेबिन प्रिमियर लिग २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए। बिग ब्यास लिग -२०१९/२० ११ खेलमा १४ विकेट लिएका थिए। नेपाली राष्ट्रिय टोलीबाट २९ विकेट लिए।