भारतविरुद्धको दुई खेलको टेस्ट सिरिज घरेलु टिम न्युजिल्यान्डले क्लिनस्विप गरेको छ। सोमबार सकिएको दोस्रो टेस्टमा ७ विकेटले जित हात पारेसँगै न्युजिल्यान्डले भारतलाई २-० ले पराजित गर्यो।
न्युजिल्यान्डसँग बेहोरेको हारसँगै भारतले सिरिजमा ६ वटा खराब रेकर्ड बनाएको छ।
- भारतले सिरिजमा १८.०५ रनका लागि एक विकेट गुमायो। यो भारतको टेस्टमा तेस्रो कम रन स्कोर हो। यसअघि न्युजिल्यान्डविरुद्ध भारतले २००३ मा १३.३७ र १९७० मा १६.६१ रन प्रति विकेटका लागि बनाएको थियो।
- भारतले न्युजिल्यान्डविरुद्धको चार इनिङमा सर्वाधिक स्कोर २४२ रन बनायो। यो भारतको दुई खेलको टेस्ट सिरिजमा दोस्रो कम स्कोर हो।
- भारतका लागि मयंक अग्रवालले एकै इनिङमा सर्वाधिक ५८ रन जोडे। यो भारतले दुई वा दुई भन्दा बढी खेलको टेस्ट सिरिजमा बनाएको सबैभन्दा कम व्यक्तिगत स्कोर हो।
- २०१२ पछि भारतविरुद्ध क्लिनस्विप भएको हो। यसअघि सन् २०१२ मा भारतले इंग्ल्यान्ड र अस्ट्रेलियाविरुद्ध ४-० ले सिरिज गुमाएको थियो।
- विराट कोहलीको कप्तानीमा भारतविरुद्ध पहिलो पटक टेस्ट क्लिनस्विप भएको हो।
- विराट कोहलीको सिरिजमा औषत ९.५० रह्यो। उनले सिरिजमा २,१९,३ र १४ रन जोडे। उनको यो कुनै सिरिजमा दोस्रो कम औषत हो।