इंग्ल्यान्डले २१ को अवधिमा तीन टेस्ट खेल्ने भएको छ। आगामी जुलाईमा इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध तीन टेस्ट खेल्न लागेको हो।
पहिलो टेस्ट ८-१२ जुलाईमा हुनेछ। यस्तै दोस्रो टेस्ट १६-२० जुलाई र तेस्रो टेस्ट २४-२८ जुलाईमा हुनेछ।
तीन वटै खेल खाली रंगशालामा हुनेछ भने सबै खेलाडी भेन्यू नजिकैको होटलमा बस्नेछन्।
वेस्ट इन्डिज टिम जुन ९ मा इंग्ल्यान्ड पुगेपछि क्वारेन्टिनमा बस्नेछ। त्यसपछि मात्र वेस्ट इन्डिजले अभ्यास थाल्नेछ।
यसअघि इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच ४ देखि २९ जुलाईमा टेस्ट खेल्ने कार्यक्रम थियो। तर कोरोनाभाइरसका कारण स्थगित गर्दै जुलाईका लागि नयाँ खेल तालिका प्रकासन गरिएको हो।
कोरोनाका कारण इंग्ल्यान्डले पाकिस्तान, अस्ट्रेलिया र आयरल्यान्डविरुद्ध खेल्ने सिरिज पनि प्रभावित बनेका छन्। तीन वटै देशविरुद्धका खेलहरूको मिति पछि प्रकासन गरिनेछ।
गत साता इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले ५५ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको थियो।