सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगरले चितवनविरूद्ध पहिले ब्याटिङ गरिरहेको छ।
त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यद्यपि विराटनगरले पहिलो ओभरमै दुई विकेट गुमाएको छ।
लोकेश बम र दिपक बोहरा रिजन ढकालको बलिङमा आउट भएका छन्।
विराटनगर अघिल्ला ५ खेलमध्ये १ खेलमात्रै जितेर अंक तालिकाको पुछारमा छ। चितवनसँगको खेल उसको लिगमा छैटौं खेल हो।
चितवनका लागि आजको खेल महत्त्वपूर्ण छ।
शुक्रबार नै लुम्बिनी लायन्सलाई पराजित गरेर कर्णाली अंक तालिकाको तेस्रो स्थानमा पुगेपछि चितवन चौथोमा झरेको छ। प्लेअफ सम्भावनालाई बलियो बनाउन चितवनलाई आजको खेल जित्नुपर्ने दबाब छ।