बिहीबार त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको त्रिविले २ विकेटको क्षतिमा २११ रन जोड्यो।
त्रिविका लागि लोकेश बमले ५३ बलमा १०३ रन बनाए। आइस भट्टराईले ५७ बलमा ८८ रन जोडे।
२१२ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चल ८.५ ओभरमा ४४ रनमै अलआउट भयो।
जारी प्रतियोगितमा त्रिविले तीन खेलमा दोस्रो जित हात पारेको हो। पूर्वाञ्चल भने लगातार दोस्रो खेलमा पराजित भयो।
यसअघि दिनको पहिलो खेलमा लखउन विश्वविद्यालयले दिल्ली विश्वविद्यालयलाई ५ विकेटले हरायो।
जय नेपाल कप टी-२० अन्तर विश्वविद्यालय क्रिकेट प्रतियोगितामा लोकेश बमको शतक प्रेरित त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पूर्वाञ्चल विश्वविद्यालयलाई १६७ रनले पराजित गरेको छ।