शीर्ष तीन ब्याटरको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि जित्न २५६ रनको विशाल लक्ष्य दिएको छ।
टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि अहमदावादको नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २५५ रन बनाएको हो।
भारतका लागि शीर्ष तीन ब्याटरले अर्धशतक प्रहार गरे। सन्जु सामसनले नटआउट ८९ रन बनाउने क्रममा ४६ बल खेलेर ५ चौका र ८ छक्का प्रहार गरे।
अर्का ओपनर अभिषेक शर्माले २१ बलमा ५२ रन बनाए। उनले ६ चौका र ३ छक्का प्रहार गरे। ७.१ ओभरमा शर्मा आउट भएपछि ब्याटिङमा आएका इशान किशनले २५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५४ रन बनाए। कप्तान सूर्यकुमार यादव भने शून्यमा आउट भए। तीनै जनालाई १६औं ओभरमा जिम्मी निशमले आउट गरेका थिए।
त्यसपछि हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाउँदा शिवम दुवेले ८ बलमा नटआउट २६ रन बनाए। दुवेले अन्तिम ओभरमा जिमी निशमलाई ३ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए।
बलिङमा न्युजिल्यान्डका निशमले ३ विकेट लिए भने रचिन रवीन्द्र र म्याट हेनरीले १-१ विकेट हात पारे।
साविक विजेता भारतले तेस्रो टी-२० विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ। पहिलो पटक घरेलु मैदानमा उपाधि जित्ने उसको अभियान छ।। न्युजिल्यान्डले पहिलो पटक टी-२० विश्वकप ट्रफी जित्ने प्रयासमा छ।