नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफी इलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल चैत ३ देखि ५ सम्म गर्ने भएको छ।
तीनदिवसीय हुने खेल माथिल्लो मुलपानी मैदानमा हुनेछ। उपाधिका लागि नेपाल प्रहरी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
त्यस लगत्तै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ।
प्रतियोगिता चैत ७ गतेदेखि वैशाख ४ गतेसम्म पर्सा र धुनषासहित त्रिवि मैदान र माथिल्लो मुलपानीमा हुनेछन्।
कपमा १० टिम भिड्नेछन्। ७ प्रादेशिक टिमहरू (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम) र ३ विभागीय टिमहरू (नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ) बीच प्रतिस्पर्धा हुनेछ। कप राउन्ड-रोबिन ढाँचामा हुनेछ।
