प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष छ टोलीको लगभग टुंगो लागेसँगै आगामी संस्करणको जय ट्रफी खेल्ने टोलीको पनि पक्का भएको छ।
आज भएको महत्वपूर्ण खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले पराजित गर्दै शीर्ष छ स्थानमा स्थान पक्का गर्यो।
यसअघि शीर्ष स्थानमा त्रिभुवन आर्मी क्लब र दोस्रो स्थानमा सुदूरपश्चिमले स्थान पक्का गरेका थिए।
हाल एपिएफ ११ अंकसहित तेस्रो स्थानमा र पुलिस ९ अंकसहित चौथो स्थानमा छन्। पुलिसले अन्तिम खेल खेल्न बाँकी छ।
अन्तिम खेलअघि पाँचौ स्थानको लुम्बिनी र मधेशको पनि ९-९ अंक छ। यद्यपी ९ अंक जोडेको अर्को टोली गण्डकीले आफ्नो सबै खेल खेलिसकेको छ भने रनरेट नकारात्मक छ। यसर्थ गण्डकीले रनरेटमा अघि रहेन सम्भावना कम छ।
यता बामगती, कर्णाली र कोशी भने क्रमश आठौं, नवौं र दशौं स्थानमा रहेर प्रतियोगिता सकेका छन्।