नेपाली महिला क्रिकेट टोली रवान्डामा हुने आइसिसी महिला च्यालेन्ज ट्रफीका खेल्न प्रस्थान गर्दैछ।
क्यानले रवान्डा जाने नेपाली टोलीलाई बुधबार विदाइ गरेको छ।
ट्रफीमा नेपालसहित पाँच टोलीले प्रतिस्पर्धा गर्दैछन्। जसमा नेपाल, इटाली, रवान्डा, अमेरिका र भानुआटु छन्।
सबै टोलीले एकअर्काविरूद्ध दुई पटक खेल्नेछन्।
टोलीहरू: इटाली, नेपाल, रुवान्डा, अमेरिका, भानुआटु
नेपालको खेल तालिका:
• नेपाल विरूद्ध अमेरिका : अप्रिल १८, बेलुका ५:३५
• नेपाल विरूद्ध इटाली : अप्रिल १९, बेलुका ५:३५
• नेपाल विरूद्ध रवान्डा : अप्रिल २२, दिउँसो १२:४५
• नेपाल विरूद्ध भानुआटु : अप्रिल २४, दिउँसो १२:४५
• नेपाल विरूद्ध अमेरिका : अप्रिल २६, बेलुका ५:३५
• नेपाल विरूद्ध रवान्डा : अप्रिल २८, दिउँसो १२:४५
• नेपाल विरूद्ध भानुआटु : अप्रिल ३०, बेलुका ५:३५
• नेपाल विरूद्ध इटाली : मे १, बेलुका ५:३५
नेपाल टोली:
• इन्दु बर्मा (कप्तान)
• पुजा महतो (उपकप्तान)
• बिन्दु रावल
• सम्झना खड्का
• रुबी पोद्दार
• कविता जोशी
• कविता कुँवर
• रिया शर्मा
• रोमा थापा
• सुमन विष्ट
• अनु कडायत
• मनिषा उपाध्यक्ष
• रुबिना क्षेबी
• रचना चौधरी