युएईविरूद्ध मंगलबार हुने दोस्रो टी-२० खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
यो खेलका लागि चार खेलाडी परिवर्तन गरिएको छ। आज लोकेश बम, शहाब आलाम, आरिफ शेख र सन्तोष यादवले खेल्दैछन्।
सोमबार खेलेका बसिर अहमद, सन्दीप जोरा, अर्जुन साउद र शेर मल्ल आज टोलीमा छैनन्।
नेपाली टोली
कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, सन्तोष यादव, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, सन्दीप लामिछाने, शाहब आलाम र हेमन्त धामी।
युवा अलराउन्डर सन्तोष यादवले नेपालीको टी-२० राष्ट्रिय टोलीमा डेब्यू गर्ने भएका छन्।
उनले मंगलबार साँझ पाँच बजे युएईविरूद्ध त्रिवि मैदानमा हुने दोस्रो टी-२० खेलमा डेब्यू गर्ने भएका हुन्।
टस अघि नेपाली टिमले उनलाई डेब्यू क्याप दिएसँगै उनले राष्ट्रिय टोलीमा डेब्यू गर्ने भएका हुन्।
लुम्बिनी प्रदेशका सन्तोषले प्रधानमन्त्रीमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए।
टी-२० सिरिजमा नेपालले पहिलो खेलमा युएईसँग ६ विकेटको हार ब्यहोरेको थियो।
नेपालले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी-२० सिरिज खेलेको हो।
त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ। नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।