नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले ओमानविरूद्धको दोस्रो एकदिवसीय खेलमा ११५ रनको सानदार जित निकालेको छ।
माथिल्लो मुलपानी शुक्रबार भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट हुन पुग्यो।
उसका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए।
बलिङमा नेपालका युवराज खत्रीले ३ विकेट लिन सफल भए। उनले ६ ओभरमा १ मेडन राख्दा १६ रन मात्र दिए। हेमन्त धामी, आकाश चन्द र शेर मल्लले २-२ विकेट लिन सफल भए।
त्यसअघि टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८४ रन बनायो।
नेपालका लागि देव खनालले ९५ बलमा ५ चौकाको मद्दतमा ६४ रन, इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतमा ६९ रन, कुशल मल्लले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रन तथा सन्दीप जोराले २६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रन जोडे।
बलिङमा ओमानका जितेन कुमारले २ विकेट लिए।