टेक्सपायर कर्पोरेट टि-१० लिगको उपाधि एनसेलले जितेको छ। काठमाडौको तल्लो मुलपानी मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा एनसेलले सुबिसु लाई ३८ रन (डकवर्थ–लुइस विधि) ले पराजित गर्दै उपाधि जितेको छ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको एनसेलले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १३१ रनको बलियो स्कोर बनायो। एनसेलका लागि अनिल भण्डारीले विस्फोटक ब्याटिङ गर्दै ३३ बलमा ७४ रन बनाए भने समाज पौडेलले २० बलमा ४८ रन जोड्दै टिमलाई उच्च स्कोरमा पुर्याए।
१३२ रनको लक्ष्य पछ्याएको सुबिसु को सुरुवात राम्रो हुन सकेन। टिमले नियमित अन्तरालमा विकेट गुमाउँदै ८ ओभरमा ६ विकेट गुमाएर मात्र ६३ रन बनाउन सक्यो। विवेक कुमार यादवले १७ रन र दमन चन्दले २३ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन सकेनन्।
बलिङतर्फ एनसेल का निराजन परियारले २ ओभरमा १७ रन दिएर १ विकेट लिए। हिमाल चन्दले २ ओभरमा १७ रन खर्चिँदै १ विकेट लिए भने विवेक कुमार यादवले २ ओभरमा २४ रन दिए। सचिन्द्र ठाकुरले १ ओभरमा १८ रन खर्चिए।
एनसेलका अनिल भन्डारी प्लेयर अफ ड म्याच चुनिए। आईसिएफसी फाईनन्सका कप्तान सुरज तिमिल्सिना प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए।