आइसिसी वुमन्स च्यालेन्ज ट्रफीमा नेपालले भानुआटुमाथि ८३ रनको जित निकालेको छ।
रवान्डाको किगालीमा भएको खेलमा जित निकाले पनि नेपालले अन्तिम खेलअघि जित निकालेको हो।
नेपालले दिएको १३३ रनको पछ्याएको भानुआटु १६.४ ओभरमा ४९ रनमै अलआउट भयो।
उसका लागि लाङगिआटुले १४ रन बनाउँदा अरु ब्याटर सस्तैमा आउट भए। भानुआटुलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालकी कविता कुँवरले ह्याट्रिकसहित ६ विकेट लिइन्।
उनले १५औं ओभरको पहिलो तीन बलमा भानुआटुका ब्याटरलाई लगातार बोल्ड गरेर ह्याट्रिक गरिन्। उनले ३.४ ओभरमा ६ विकेट लिँदा १ मेडन राखिन् भने ५ रन मात्र दिइन्।
त्यसअघि नेपालले ३ विकेटको क्षतिमा १३२ रन जोड्यो। नेपालका लागि सम्झना खड्काले ५१ बलमा ९ चौकाको मद्दतमा ५२ रन जोडिन्।
कप्तान इन्दू बर्माले १८ बलमा ७ चौका प्रहार गर्दै नटआउट ४३ रन जोडिन्।
नेपालले अन्तिम खेलमा इटालीसँग खेल्नुअघि ७ खेलबाट ८ अंक जोडेको छ। अन्तिम खेलअघि १२ अंक जोड्दै उपाधि जितिसकेको छ।