आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपालले ओमानसँग खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल विहान साढे नौ बजे हुनेछ।
सिरिजको पहिलो खेलमा नेपालले ओमानसँगको खेल भने गुमाएको थियो।
युएईविरूद्धका दुवै खेलमा भने नेपालले जित निकालेको थियो।
लिगको अंक तालिकाको पुछार अर्थात् आठौं स्थानमा रहेको युएईले २४ खेलबाट १४ अंक जोडेको छ। सातौं स्थानको नेपालको २३ खेलबाट १६ अंक छ। ओमान २७ खेलबाट ३१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ।