नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ। बिहीबार इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल सेमिफानलमा पुगेको हो।
अब नेपालले अन्तिम चारमा आयोजक टोली मलेसियासँग खेल्नेछ। मलेसियालाई हराएमा नेपाल एसियन गेम्समा छनोट हुनेछ।
बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य ६ विकेटको क्षतिमा ३ बल खेल्न बाँकी छदा पूरा गर्यो।
नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ४२ रन बनाइन्। उनले ४३ बलमा ५ चौका प्रहार गरिन्।
अन्त्यमा लगातार विकेट गुमेपछि दबाबमा रहेको बेलमा सीता रानामगरले ६ बलमा ३ चौकाको मद्दतमा नटआउट १३ बनाएपछि नेपालको जित सम्भव भयो।
बलिङमा इन्डोनेसियाकी ने मेड र एसिआनीले २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको इन्डोनेसियाले ४ विकेटको क्षतिमा ११३ रन बनाए।
उसका लागि कप्तान सकारिनीले नटआउट ५६ रन बनाएकी थिइन्।
बलिङमा नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन्।
अब नेपालले मलेसियासँग पर्सी शनिबार प्रतिस्पर्धा गर्नेछ।