डीपी वर्ल्ड एसिया कप राइजिङ स्टार्स मेन्स क्रिकेट प्रतियोगितामा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दै छ।
कतारको दोहामा जारी प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो। खेल बिहान ११:४५ बजेदेखि सुरु हुनेछ।
पहिलो खेलमा नेपालले भारत ‘ए’सँग लज्जास्पद हार ब्यहोरेको थियो। ३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमात्रै बनाएर ११.३ ओभरमा अल आउट भएको थियो।
समूह बीमा नेपालसँगै भारत, पाकिस्तान र युएई छन्। नेपालको समूहबाट भारत र पाकिस्तानबीचको खेल पनि आजै हुँदैछ।
समूह ‘ए’मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २६, दोस्रो सेमिफाइनल नोभेम्बर २७ र फाइनल नोभेम्बर २९ मा हुनेछ।
नेपाली टोली- सन्दीप लामिछाने (कप्तान), बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, प्रतिश जिसी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, इशान पाण्डे, राशिद खान, देव खनाल र मयन यादव।