थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले नेपाली यु–१९ राष्ट्रिय टिमको पनि प्रशिक्षण सम्हाल्ने भएका छन्। उनलाई एएफसी यु-१९ छनोट प्रतियोगिताका लागि प्रशिक्षकमा नियुक्त गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ।
एएफसी यु-१९ छनोट आगामी नोभेम्बर ६ देखि इरानमा हुनेछ।
यसअघिका प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि केसीलाई जिम्मेवारी दिइएको हो। श्रेष्ठले साफ यु-१८ च्याम्पियनसिपमा खराब नजितासँगै राजीनामा दिएका थिए।
साफ यु-१८ को दुई पटकको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएको थियो। नेपालले माल्दिभ्ससँग बराबरी खेल्दा भुटानसँग हार बेहोरेको थियव।
एएफसी छनोटको समूह 'डी' रहेको नेपालले आयोजक इरान, युएई र किर्गिस्तानसँग खेल्नेछ।