इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा आर्सनललाई पराजित गरेको छ।
सोमबार राति भएको खेलमा आर्सनलमाथि लिभरपुलले ३-१ को पुनरागमन जित निकालेको हो।
खेलको २५ मिनेटमा आर्सनलले एलेक्जेन्डर लेकाजेटको गोलबाट अग्रता लियो।
तर तीन मिनेट पछि नै लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो। लिभरपुलका लागि साडियो मानेले २८ मिनेटमा बराबरी गोल गरे।
३४ मिनेटमा लिभरपुलले अग्रता लियो। लिभरपुलका लागि रोबर्टसलने गोल गर्दै आफ्नो टिमलाई २-१ गोलले अघि बढाए।
खेल सकिन दुई मिनेट बाँकी छदा लिभरपुलका लागि जोटाले तेस्रो गोल गरे। जससँगै लिभरपुलले सिजनमा शतप्रतिशत नतिजा कायम राख्यो।
यसअघि लगातार दोस्रो खेलमा जित निकालेको आर्सनल तेस्रो खेलमा भने पराजित भयो।
लिगअन्तर्गत सोमबार भएको अर्को खेलमा एस्टन भिल्लाले फुलहमलाई ३-० गोलले पराजित गरेको छ।
लगातार दोस्रो खेलमा जित निकालेको एस्टन भिल्ला ६ अंक जोडेर अंक तालिकको चौथो स्थानमा छ।
लिभरपुल ९ अंक सहित दोस्रो स्थानमा छ भने शीर्ष स्थानको लेस्टरले पनि ३ खेलबाट ९ अंक नै जोडेको छ।