सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले ब्याटर सुमित महर्जनलाई भित्र्याएको छ।
यसअघि अक्सनमार्फत टोलीमा भित्रिएका विवेककुमार यादव घाइते भएपछि लुम्बिनीले सुमितलाई टोलीमा स्थान दिएको हो।
लुम्बिनीले विवेकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने सुमितबाट सिजनमा उत्कृष्ट प्रदर्शनको आशा गरेको छ।
उनले गत सिजनको एनपिएल काठमान्डु गोर्खाजबाट खेलेका थिए।
सिजनमा लुम्बिनीले आफ्नो पहिलो खेल मंसिर ४ गते चितवन राइनोजसँग अपरान्ह ४ बजे पहिलो खेल खेल्ने कार्यक्रम छ।
राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा दिनेश अधिकारी, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, शेर मल्ल, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, सुमित महर्जन, डार्सी शर्ट, गुलबदिन नाइब र थोमस ड्राका रहेका छन्।