नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि आयोजित 'ट्रफी जात्रा' पाटन दरबार स्क्वायर पुगेको छ।
एनपिएलका प्रत्येक सहभागी टिमले ट्रफी टूर गरिरहेको बेला काठमाडौं गोर्खाजले पनि भक्तपुर दरबार स्क्वायरसँगै पाटन र काठमाडौं दरबार स्क्वायरमा 'ट्रफी जात्रा' आयोजना गरेको हो।
पाटन दरबार क्षेत्र पुगेको ट्रफीसँग फोटो खिच्नको लागि समर्थकहरूको भीड लागेको थियो।
विराटनगरबाट सुरू भएको ट्रफी टूर सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिने बताइएको छ।
विराटनगरबाट ट्रफी टुर मधेस प्रदेशको जनकपुरबाट चितवन हुँदै काठमाडौं आइपुगेको हो।
काठमाडौंका प्रमुख स्थानमा ट्रफी टूर गरेसँगै पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर टुंगिने छ।
एनपिएलको दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म हुँदैछ।
तस्बिरहरू:
-1762932243.jpg)
-1762932242.jpg)
-1762932242.jpg)
-1762932241.jpg)
-1762932239.jpg)
-1762932240.jpg)
-1762932240.jpg)
-1762932241.jpg)
-1762932239.jpg)
-1762932238.jpg)
-1762932238.jpg)
-1762932237.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी