सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को सिजन-२ का लागि जनकपुर बोल्ट् र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेज कन्सल्टेन्सीबीच सहकार्य भएको छ।
जनकपुरमा क्लाउड आधिकारिक हेलमेट प्रायोजकको रुपमा जोडिएको हो।
साविक विजेता जनकपुरसँग सहकार्य गरेपछि क्लाउडले खुसी व्यक्त गरेको छ।
कम्पनीले एनपिएल टोली जनकपुरसँगको साझेदारी दीर्घकालीन रुपमा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
'यस वर्षको नेपाल प्रिमियर लिगमा हामी गत वर्षका विजेता टोली जनकपुर बोल्ट्सको आधिकारिक हेलमेट प्रायोजक बन्न पाएका छौं,' क्लाउडको भनाइ छ।
पछिल्लो पाँच वर्षदेखि क्लाउडले हजारौं विद्यार्थीलाई अस्ट्रेलिया, युके, अमेरिका, न्युजिल्यान्डमा अध्ययनका लागि सहजीकरण गरिरहेको छ।
अहिले कम्पनीको सेवा नेपाल, फिलिपिन्स, पाकिस्तान र सिड्नी (अस्ट्रेलिया) सम्म विस्तार गरिएको छ।