सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दिनको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सविरूद्ध कर्णाली याक्सले टस जितेको छ।
टस जितेको कर्णालीले फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले यसअघिका लगातार दुई खेलमा जित निकालेको थियो। कर्णालीले भने एक खेलमा जित र एक खेलमा पराजय भोगेको छ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीको प्लेइङ-११ मा उनीसँगै अर्जुन घर्ती, विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विल बसिस्टो, नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाल छन्।
सुदूरपश्चिममा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै आरिफ शेख, अभिनास बोहरा, नरेन साउद, इशान पाण्डे, बिनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेलेइन, जोस ब्राउन, हरमीत सिंह

