सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दिनको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १३९ रनमै रोकेको छ।
१४० रनको लक्ष्य प्रस्तुत गरेको सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सबैभन्दा बढी ३९ रन बनाउन सके।
टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमविरूद्ध कर्णालीका कप्तान सोमपाल कामीले रोयल डक लिए। उनले सुदूरपश्चिमका ओपनर जोश ब्राउनलाई इनिङग्सको पहिलो बलमै बोल्ड गरेर रोयल डक गराए। पहिलो ओभरमै उत्कृष्ट बलिङ गरेका सोमपालले पहिलो ओभरमा मेडन राखे।
त्यसपछि विनोद भण्डारी पाँचौ ओभरमा विपिन शर्माको एलबिडब्लूको धरापमा परे। भण्डारीले १३ बलमा १ चौकाको मद्दतमा ११ रन मात्र जोड्न सके।
क्रिस लिन आठौं ओभरमा आउट भएपछि खेल कर्णालीले नियन्त्रणमा लियो। लिनलाई युवा स्पिनर युवराज खत्रीले विल बोसिस्टोबाट क्याच गराएका थिए। २० बलमा १८ रन बनाएका लिनले २ चौका प्रहार गरे।
इशान पाण्डे दुई रनमा रनआउट हुँदा आरिफ शेखलाई १३औं ओभरमा नन्दन यादवले २७ रन बनाएर खेलिरहदा बोल्ड गरे। उनले २५ बलमा ३ चौका प्रहार गरे।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र हर्मित सिंहबीच साझेदारी हुँदा सुदूरपश्चिमको इनिङ्गस सम्हालिएको थियो। उनीहरूबीच छैटौं विकेटका लागि ४८ रनको साझेदारी भयो।
१६ बलमा १ चौका र १ छक्काको मद्दतमा १९ रन जोडेका हर्मितलाई कर्णालीका कप्तान सोमपालले १७औं ओभरमा बोल्ड गरेका थिए। अर्को ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी ३९ रन जोडेर आउट भए। सुदूरपश्चिमका लागि सबैभन्दा बढी रन जोडेका ऐरीलाई मार्क वाटले नाजिबुल्लाह जाद्रानबाट क्याच गराए।
१९औं ओभरमा नरेन साउद हिट विकेट भए। अन्तिम ओभरको पहिलो बलमा स्कट कुगेइलिन नन्दन यादवबाट बोल्ड भए। उनले ८ बलमा १ छक्काको मद्दतमा १० रन बनाए।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ३२ रन खर्चिए। नन्दन यादवले २ विकेट लिने क्रममा ३ ओभरमा ११ रन मात्र खर्चिए।
मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १-१ विकेट हात पारे।
सुदूरपश्चिमले यसअघिका लगातार दुई खेलमा जित निकालेको थियो। कर्णालीले भने एक खेलमा जित र एक खेलमा पराजय भोगेको छ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीको प्लेइङ-११ मा उनीसँगै अर्जुन घर्ती, विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विल बसिस्टो, नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाल छन्।
सुदूरपश्चिममा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै आरिफ शेख, अभिनास बोहरा, नरेन साउद, इशान पाण्डे, बिनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेलेइन, जोस ब्राउन, हरमीत सिंह