सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीच खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले टस जितेको छ। टस जितेको लुम्बिनीले फिल्डिङ रोजेको छ।
काठमाडौंले पहिलो खेल जित्दा त्यसपछिका लगातार दुई खेल गुमाइसकेको छ। यस्तै पहिलो खेल जितेको लुम्बिनी दोस्रो खेलमा पराजित भएको थियो।
खेलका लागि लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ। समीर अलीको स्थानमा तिलकराज भण्डारीले खेलेका छन्।
रोहित पौडेल कप्तानी रहेको लुम्बिनीको प्लेइङ-११ मा उनीसँगै सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, तिलकराज भण्डारी, गुलबदिन नाइब, रूबेन ट्रम्पलम्यान, जेजे स्मित र डार्शी शर्ट छन्।
यस्तै काठमाडौंमा दुई परिवर्तन गरेको छ। जसमा प्रतिक श्रेष्ठको स्थानमा दिपेश कडेँल छन्। रिकार्डो भास्कोनसेलोन्सको स्थानमा मिलिन्द कुमारलाई खेलाइएको छ।
काठमान्डुको टिममा करण केसी (कप्तान), शहाब अलाम, दिपेश कडँले, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, वेन चार्ल्सवेथ, मिलिन्द कुमार, गेरार्ल्ड इरासमस, जोन सिमसन छन्।

