सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) बुधबारको खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरूद्ध टस जितेको छ।
कीर्तिपुरस्थित टस जितेको विराटनगरले फिल्डिङ रोजेको छ। दुवै टोलीमा एक एक खेलाडी परिवर्तन गरिएको छ।
विराटनगरले मार्टिन गप्टिलको स्थानमा साम हिजलेटलाई खेलाएको छ। गप्टिल अघिल्लो खेलमा घाइते भएका थिए। यस्तै रिजन ढकालको स्थानमा चितवनले रन्जित कुमारलाई मौका दिएको छ।
लिगमा विराटनगरले लगातार तीन खेलमा जित निकालेको छ। चितवनले भने आफूले खेलेका दुईमध्ये एक खेलमा जित र एक खेलमा पराजय भोगेको छ।
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेश भट्ट, नारायण जोशी, शुभम् रन्जने, जर्ज मुन्से, साम हिजलेट, मर्स्याङ डि लाङ।
चितवन राइनोज
कुशल मल्ल (कप्तान), रन्जित कुमार, देव खनाल, अर्जुन साउद (विकेटकिपर), अमरसिंह रौटेला, दीपक बोहरा, कमलसिंह ऐरी, डबिड मलान, रवी बोपरा, सइफ जइब, सोहेल तन्विर।

