सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरूद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्नेछ। लिगमा विराटनगरले लगातार तीन खेलमा जित निकाले पनि चौथो खेलमा पराजय भोगेको थियो।
कर्णालीले भने आफ्ना तीनमध्ये दुई खेलमा पराजय र एक खेलमा जित हात पारेको छ।
विराटनगरले खेलका लागि तीन खेलाडी परिवर्तन गरेको छ। अघिल्लो खेल खेलेका सूर्य तामाङ, नरेन भट्ट र शुभम रन्जेन आजको टोलीमा छैनन्। आज सुवास भण्डारी, साहिल पटेल र शेहान जर्यासूर्या छन्।
यस्तै कर्णालीमा एक खेलाडी परिवर्तन छ। अर्जुन घर्तीको स्थानमा विकेटकिपर दिपक डुम्रे छन्।
कर्णाली याक्स
सोमपाल कामी, दिपक डुम्रे (विकेटकिपर), विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विल बोसिस्टो, नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाल
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, बसिर अहमद, सुवास भण्डारी, साहिल पटेल, नारायण जोशी, शेहान जर्यासूर्या, जर्ज मुन्से, साम हिजलेट, मर्स्याङ डि लाङ।

