सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमान्डु गोर्खाजविरूद्ध पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ गरिरहेको छ।
पहिले ब्याटिङ गरिरहेको काठमान्डुमा एक खेलाडी परिवर्गत गरिएको छ। गेराल्ड इरासमको स्थानमा सनी पटेललाई खेलाएको छ।
काठमान्डु ८ अंकसहित प्लेअफ नजिक छ। आजको जितले काठमान्डु प्लेअफमा पुग्नेछ। यता ४ अंक जोडेको पोखराका लागि जितको विकल्प छैन।
काठमान्डु गोर्खाज
करण केसी (कप्तान), शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, वेन चार्ल्सवेथ, मिलिन्द कुमार, सनी पटेल, जोन सिमसन।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), सन्दीप केसी, किरण ठगुन्ना, सागर ढकाल, तृतराज दास, आकाश चन्द, विपिन खत्री, ऋषि धवन, एडम रोसिङटन (विकेटकिपर), धनञ्जय लक्षन्, जासन रोय।

