दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या ३१ पुगेको छ ।
लिग चरणका २४ खेल सकिदा अर्धशतकको संख्या ३१ पुगेको हो। बिहीबार एकै दिन चार वटा अर्धशतक बनेका थिए।
काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबीचको खेलमा काठमान्डुका बेन चार्ल्सवर्थ र भीम सार्की तथा पोखराका ऋषि धवनले अर्धशतक प्रहार गरेकाथिए।
यसैगरी सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीचको खेलमा सुदूरपश्चिमका क्रिस लिनले अर्धशतक प्रहार गरेका थिए।
जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक बनाएका छन् ।
सुदूरपश्चिम रोयल्सका क्रिस लिन विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह र ईशान पाण्डेले पनि एक एक अर्धशतक प्रहार गरेका छन्।
विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमदले पनि अर्धशतक बनाउन सफल भएका थिए।
पोखराका लागि ऋषि धवनसहित सुमित बर्मा, जिमी निशम र एडम रोसिङटनले एक एक अर्धशतक प्रहार गरेका छन्।
चितवनका डेविड मलान र अर्जुन साउदले अर्धशतक बनाएका छन्।
काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, भीम सार्की र वेन चार्ल्सवर्थले अर्धशनतक प्रहार गर्दा कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल साह र आशिफ शेखले एक-एक अर्धशतक बनाएका छन् ।
कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन्।
्र्वाधिक रन बनाउने ब्याटरको सूचीमा रोसिङटन ६ खेलबाट २५८ रनसहित शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा रहेका मार्क वाटले २४२ रन र तेस्रो स्थानका रवी बोपाराले २३६ रन बनाएका छन्।
नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाएका विनोद भण्डारी पाँचौ स्थानमा रहदै १८६ रन बनाएका छन्।
सर्वाधिक विकेट लिने बलरको सूचीमा चार खेलाडीमा समान विकेट लिएका छन्। विराटनगरका कप्तान सन्दीप लामिछानेसहित सुदूरपश्चिमका अभिनास वोहरा, काठमान्डुका शाहब आलम र करण केसीले १२-१२ विकेट लिएका छन्।
अहिलेसम्म दुई बलरले मात्र एकै इनिङग्समा पाँच वा सोभन्दा बढी विकेट लिएका छन्। काठमान्डुका शाहब आलमले बिहीबार पोखरा एभेन्जर्सविरूद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए। उनले ४ ओभरमा २५ रन दिएका थिए। यस्तै चितवन राइनोजका रञ्जित कुमारले विराटनगर किंग्सविरूद्ध ५ विकेट लिँदा २१ रन खर्चिएका थिए।