सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरूद्ध विराटनगर किंग्सले टस जितेको छ।
टस जितेको विराटनगरले पहिले बलिङ गर्ने भएको छ।
सुदूरपश्चिम यसअघि लगातार छ जित निकालेर शीर्ष दुईमा परेर पहिलो क्वालिफायरमा पुगिसकेको छ। प्लेअफमा पुग्नका लागि आजका लागि विराटनगरका लागि भने जित आवश्यक छ।
विराटनगरले सुदूरपश्चिमविरूद्ध ठूलो अन्तरको जितले मात्र उसको दोस्र स्थान पक्का हुनेछ र पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। पराजित भए वा कम अन्तरको जितले विराटनगर तेस्रो स्थानमा सीमित हुनेछ भने इलिमिनेटरमा लुम्बिनी लायन्ससँग खेल्नेछ।
खेलका लागि विराटनगरले चार परिवर्तन गरेको छ। यसअघि खेलेका सुवास भण्डारी, नारायण जोशी, साहिल पटेल र जर्ज मुन्से टोलीमा छैनन्। आज सूर्य तामाङ, शंकर राना, नरेन भट्ट र मार्टिन गप्टिल खेल्दैछन्।
क्रिस लिन र स्कट कुगेलिनको स्थानमा सुदूरपश्चिमले जोश ब्राउन र ध्रुव परासर आज खेलाएको छ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, दिपक बोहरा, इशान पाण्डे, बिनोद भण्डारी, हिक्मत महरा, ध्रुव परासर, जोश ब्राउन, पुनित मेहरा, हरमीत सिंह
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), बसिर अहमद, सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, फाप डु प्लेसिस, मार्टिन गप्टिल, साम हिजलेट, मर्स्याङ डि लाङ।


