आज हुने फाइनल खेललाई लिएर बिहानैदेखि समर्थकहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जुट्न थालेका छन्।
महत्वपूर्ण उपाधिका लागि हुने प्रतिस्पर्धा हेर्न दर्शकहरू झण्डा, ब्यानर र टिमका जर्सी लगाएर उत्साहका साथ मैदानमा पुगेका हुन्।
बिहान सबेरैदेखि रंगशालाको मुख्य गेट वरिपरि समर्थकहरूको लामो लाइन देखिएको छ। कतिपय दर्शकहरू परिवारसहित आएका छन् भने कतिपय समूहमा नाराबाजी गर्दै आफ्नो टोलीको समर्थन गरिरहेका छन्।
फाइनल खेलको माहोलले सम्पूर्ण क्षेत्र नै क्रिकेटमय बनेको छ।
सुरक्षालाई ध्यानमा राख्दै मैदानमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रवेशद्वारमा चेकजाँच गरिरहेको छ।
दर्शकहरू आफ्ना प्रिय खेलाडीको उत्कृष्ट प्रदर्शन र ऐतिहासिक जितको आशा गर्दै रंगशालामा उपस्थित भएका छन्।
त्रिवि मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ।
तस्बिरहरू:
-1765615967.jpg)
-1765615967.jpg)
-1765615966.jpg)
-1765615966.jpg)
-1765615963.jpg)
-1765615965.jpg)
-1765615962.jpg)
-1765615962.jpg)
-1765615965.jpg)
-1765615964.jpg)
-1765615964.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी