नेपाल प्रिमियर लिग (एनपिएल) मा 'प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट' घोषित भएका तिलकराज भण्डारीलाई एनपिएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।
प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन वा आइटी संकायका कुनै पनि कोर्स अध्ययन गर्दा उक्त स्कलरसिप प्रयोग गर्न सकिने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।
बुटवलका २१ वर्षीय स्पीनर तिलक ज भण्डारीले यस वर्ष लुम्बिनी लायन्सबाट खेल्दै एनपिएलको उपाधि जितेका हुन्।
उनले लुम्बिनीलाई पहिलो पटक एनपिएलको च्याम्पियन बनाउने क्रममा बलिङबाट महत्वपूर्ण योगदान दिएका थिए। तिलकले प्रतियोगिताभर ८ खेल खेल्ने क्रममा ८ विकेट नै लिए।
शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई ६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको हो। फाइनलमा तिलकले सुदूरपश्चिम विरुद्ध ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए ।
उनले क्वालिफायर-२ मा विराटनगर किंग्स विरुद्ध सानदार बलिङ रच्दै ३ विकेट लिएका थिए र प्लेअर अफ दि म्याच समेत घोषित भएका थिए।
तिलकले यसअघि नेपालको यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । उनले आइसिसी यू-१९ पुरुष विश्वकप समेत खेलेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएका छन्।
उनले एनपिएलको पहिलो संस्करण पनि लुम्बिनी लायन्सबाट खेलेका थिए र उनलाई दोस्रो संस्करणमा रिटेन गरिएको थियो।