वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन्।
एनपिएलको तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाल आइपुगेका रसेललाई विराटनगर किंग्सका अफिसियलहरूले विमानस्थलमा स्वागत गरेका थिए।
स्वागतका क्रममा उनलाई नेपाली पहिचान झल्किने टोपीसमेत लगाइदिइएको थियो।
नेपाली ढाका टोपीमा सजिएका रसेलको आगमनले एनपिएलमा अन्तर्राष्ट्रिय स्टार खेलाडीको आकर्षण थपिएको छ।
विश्व क्रिकेटमा आक्रामक ब्याटिङ, प्रभावशाली बलिङ र मैदानमा आफ्नो ऊर्जावान् उपस्थितिका लागि परिचित रसेल टी–२० क्रिकेटका चर्चित खेलाडी हुन्।
उनले विश्वका विभिन्न फ्रेन्चाइज टी–२० प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेका छन्।