सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आज एक खेल हुँदैछ।
एनपिएलको चौथो खेलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा अपराह्न साढे ४ बजे खेल सुरू हुनेछ।
सुदूरपश्चिमले जारी प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको हो।
पहिलो खेलमा ऊ लुम्बिनी लायन्ससँग पराजित भएको थियो।
पोखराले भने पहिलो खेल खेल्न लागेको हो।
मंगलबार दुई खेल भएको थियो।
त्यस दिन विराटनगर किंग्सलाई चितवन राइनोजले पराजित गरेको थियो भने दोस्रो खेलमा जनकपुर बोल्ट्समाथि कर्णाली याक्सले जित निकालेको थियो।