नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत आज कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र बनेको छ। कर्णाली यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ भने चितवन पनि शीर्ष दुईमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।
चितवनले शीर्ष चारमा स्थान बनाइसकेकाले एलिमिनेटर खेल्ने निश्चित छ। त्यसैले आजको खेल जित्दै लिग चरणको सुखद अन्त्य गर्ने लक्ष्य दुवै टोलीको हुनेछ।
प्रतियोगितामा अब उपाधि होडबाट बाहिरिसकेका यी दुई टोलीका लागि आजको जितले मनोबल उच्च बनाउने अवसर पनि प्रदान गर्नेछ।

