नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको मैझारो आज हुँदैछ।
त्रिवि मैदानमा कात्तिक ९ गतेदेखि सुरू भएको एनपिएलको जारी संस्करणको फाइनल जारी छ।
यसपालिको फाइनलमा पनि अघिल्लो सिजनको फानालिस्टहरू सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिडिरहेका छन्।
रोचक कुरा, यी दुई टोलीको खेलबाट नै यसपालिको एनपिएल शुभारम्भ भएको थियो। मैझारो पनि यही दुई टोलीको खेलबाट हुँदैछ।
फाइनल खेल हेर्न दर्शकहरूले त्रिवि मैदान भरिएको छ।
राम्रो फ्यान फलोइङ भएको टोलीमा पर्छ सुदूरपश्चिम रोयल्स। राष्ट्रिय टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीका पनि समर्थक कम छैनन्।
सुदूरपश्चिमले टस जितेर पहिले बलिङ रोजेपछि लुम्बिनीले सुदूरका बलरहरूको सामना गरिरहेका छन्।
लुम्बिनीले तेस्रो ओभरमा पहिलो विकेट गुमायो। आसिफ शेख १ रनमै आउट हुन पुगे।
छैटौं ओभरमा दोस्रो विकेट गुमायो। डार्सी सर्ट २१ रनमा आउट भए।
११ औं ओभरमा तेस्रो विकेट गुमायो। डिकवेला २८ रन बनाएर आउट भए।
अहिले कप्तान रोहित र दिलिप नाथ ब्याटिङ गरिरहेका छन्।
फ्लडलाइटमा त्रिवि मैदान धपक्क बलेको छ।
तस्बिरहरूः
-1795263839.jpg)
-1795263839.jpg)
-1795263840.jpg)
-1795263840.jpg)
-1795263841.jpg)
-1795263840.jpg)
-1795263841.jpg)
-1795263841.jpg)
-1795263841.jpg)
-1795263842.jpg)
-1795263842.jpg)
-1795263842.jpg)