लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम रोयल्सले यस पटक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलोपटक च्याम्पियन बनेपछि सुदूरपश्चिमका खेलाडीले मैदानमा खुसीयाली मनाए।
खेलाडीहरू एकअर्कालाई अँगालो हाल्दै जितको खुसी साटिरहेका थिए। समर्थक पनि टोलीको ऐतिहासिक सफलतामा उत्साहित देखिन्थे।
उपाधि जितेपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीसहित खेलाडीले ट्रफी उचालेर खुसी मनाए।
ट्रफी उचाल्दै खेलाडीले ऐतिहासिक जितको उत्सव मनाउँदा मैदानमा खुसीको माहोल छाएको थियो।
हेर्नुस् तस्बिरहरू








