रौतहट जिल्ला तेक्वान्दो संघले दोस्रो मेयर च्याम्पियनसिप तेक्वान्दो प्रतियोगिता आयोजना गरेको छ।
प्रतियोगितामा रौतहट जिल्लाभरका खेलाडीले भाग लिएका थिए। चन्द्रनिगाहपुर तेक्वान्दो डोजाङ, सरस्वती तेक्वान्दो डोजाङ, सूर्यदय तेक्वान्दो डोजाङ, नमुना तेक्वान्दो डोजाङ र होली भिजन तेक्वान्दो डोजाङ गरी कुल पाँच टिमले भाग लिएका थिए।
जसमा चन्द्रपुर तेक्वान्दो डोजाङ १५ स्वर्ण, ११ रजत र १४ कास्य पद जितेर पहिलो भएको थियो। दोस्रो स्थानमा नमुना तेक्वान्दो ७ स्वर्ण, ३ रजत र ६ कास्य जितेर दोस्रो भएको छ।
यस्तै तेस्रो भएको होली भिजनले४ स्वर्ण, ९ रजत र ११ कास्य पदक जितेको छ। सरस्वती चौथो र सूर्यदय पाँचौ भएका छन्।
प्रतियोगितामा पुरुषतर्फ नमुनाका स्वर्णिम गुरुङ र महिलातर्फ चन्द्रपुरकी नेहा सिंह ठकुरी उत्कष्ट फाइटर भएका छन्।
शुक्रबार र शनिबार भएको प्रतियोगिता चन्द्रपुर नगर प्रमुख संजयकुमार काफ्ले प्रमुख अतिथितको रुपमा उपस्थित भएका थिए।
समापनमा चौथो माउन्ट एभरेस्ट तेक्वान्दोमा स्वर्ण पदक जितेका चन्द्रपुर नगरपकालिकाका खेलाडी केनिश खड्कलाई सम्मान गरिएको छ।
