ढल्को तेक्वान्दो डोजाङले प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
ढल्को ७ स्वर्ण, ४ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
सीतापाइला तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र १ कांस्यसाथ लायन मार्सल आर्ट्स दोश्रो भयो ।
तेश्रो स्थानको गोर्खाली तेक्वान्दो डोजाङले ४ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
पुरुषमा सीतापाइलाका मोहम्मद सामी तथा महिलामा ढल्कोकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई नागर्जुन नगरपालिककी उप मेयर सुशीला अधिकारी, आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा करिब ६ सय खेलाडीले २८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।