नवौ मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण जितेका छन्।
शनिबार भएको च्याम्पियनसिपमा खड्काले स्वर्ण जितेको टोली प्रमुख दिवाकर केसीले जानकारी दिए।
गणेशले यसअघि जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए।
मलेसिया ओपनमा नेपालले थप तीन कास्य पदक पनि जितेको छ।
सन्दीप न्यौपाने, मोहमद उमर खान र सरोज भुजेलले पनि आआफ्नो समूहमा कास्य जितेका छन्।