दोलखाको कालिञ्चोक भगवती मन्दिर क्षेत्रमा आयोजना गरिएको हाई अल्टिच्युट फुल कन्ट्याक्ट कराते प्रतियोगिता विश्व कीर्तिमानमा दर्ता भएको छ।
यो प्रतियोगिता नेपाल क्योकुशिन सेइसिन काइकान कराते सङ्घले दोलखा उद्योग वाणिज्य सङ्घ को सहयोगमा ३८४२ मिटर उचाइमा आयोजना गरेको थियो।
सङ्घका अध्यक्ष तथा नेपाल प्रमुख अशोक कुमार श्रेष्ठ (शिहान) का अनुसारउच्च स्थानमा गरिएको यस्तो फुल कन्ट्याक्ट कराँते टुनामेन्ट विश्वमै दुर्लभ भएकाले वर्ल्ड रेकर्डमा सफलतापूर्वक दर्ता भएको हो।
काठमाडौँस्थित होटल याक एण्ड यति मा आयोजित कार्यक्रममा उनलाई वर्ल्ड रेकर्डको पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा वर्ल्ड वुक अफ रेकर्ड युके र वर्ल्ड वुक अफ रेकर्ड युएसएका प्रतिनिधिहर ज्याक्लिन ली लेनिक र सन्तोष शुक्लाको उपस्थिति रहेको थियो।
दोलखाको धार्मिक स्थलमा यस्तो अन्तर्राष्ट्रिय उपलब्धि हासिल हुनु गौरवको विषय भएको इन्द्र श्रेष्ठ ले बताएका छन्। यो उपलब्धिले नेपालको साहसिक खेलकुद र धार्मिक पर्यटन दुवैलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।