राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका कमल थापाले आफ्नो उमेर समूहतर्फ प्रधान सेनापति राष्ट्रिय खुला टेनिस कप जितेका छन्।
नेपाली सेनाले आयोजना गरेको प्रतियोगितामा ६५ वर्षको उमेर समूहबाट उनी प्रथम भएका हुन्।
उनी अर्को विधामा पनि प्रथम भएका छन्।
टेनिसको डबलतर्फ उनी र पार्टनर झ्याम्पा धोण्दुप प्रथम भएका हुन्।
उनले यसबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
कमल थापाले यसअघि पनि टेनिसका प्रतियोगितामा जित्दै आएका छन्।