एसियाली खेलकुदको २० औ संस्करण जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भब्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरे।
उद्घाटन समारोहमा नेपाल सहित सबै सहभागी टिमले मार्च पास्ट गरेका थिए।
सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टिमले मार्च पास्टमा सहभागी भएको थियो।
बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमति बिष्टले नेपालको झण्डा बोकेको थिए।
नेपालबाट २१ खेलमा १ सय ३५ जना खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने राखेपअन्तर्गत प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालले जनाएका छन्।
४५ देशका ११ हजार बढी खेलाडी सहभागी छन्। जापानमा यस अघि १९५८ मा तेस्रो र १९९४ मा १२औ संस्करण आयोजना भएका थिए भने २० औ स्सकरण आयोजना भैरहेको छ।