जापानको इची-नागोयामा जारी २०औं संस्करणको एसियन गेम्समा प्रदर्शन सोचे जस्तो हुन नसकेको अवस्थामा नेपालले बुधबार कास्य जितेको छ।
करातेबाट स्वर्णको आसा गरिए पनि नेपाली खेलाडी एक पछि अर्को गर्दै पराजित भएका थिए। अघिल्लो संस्करणमा रजत जितेर इतिहास रचेकी एरिका गुरुङ कास्य पदकको निर्णायक भिडन्तमा चुकेकी थिइन्।
करातेमा नेपालले एरिकासहित चार वटा कास्य पदकको भिडन्त गुमाएको थियो।
बुधबार भने तेन्जिङ शेर्पाले कास्य पदक जितेर नेपालका लागि जारी संस्करणमा पहिलो पदक जित्न सफल भए।

पुरुष कुमितेको ८४ केजीमाथिको तौल समूहमा तेन्जिङको क्वार्टरफाइनलमा भिडन्त माकाओका खेलाडीसँग भएको थियो।
तेक लिओङसँगको भिडन्तमा २३ वर्षीय तेन्जिङ पछि परेको अवस्था थियो। माकाओका खेलाडीले उनीविरूद्ध १-० को अग्रता बनाइरहेका थिए।
तर खेलका दौरान माकाओका खेलाडीले गम्भीर फाउल गरे। नियमविपरित फाउल गरेपछि मार्सल आर्ट्समा रेफ्रीलाई हाङसोकु दिने अधिकार हुन्छ। जापानी भाषामा हाङसोकुको अर्थ नियम विपरीत काम गर्नु हुन्छ।
यहि हाङसोकु रेफ्रीले माकाओका खेलाडीविरूद्ध प्रयोग गरे। जसका कारण नेपालका तेन्जिङ सेमिफाइनलमा पुग्न सफल भए।
जितेरहेका विपक्षीले फउल गरेपछि तेन्जिङलाई दुई वटा अवसर प्राप्त भएको थियो। पहिलो,सेमिफाइनल जिते कम्तिमा रजतसहित पदक पक्का। दोस्रो, सेमिफाइनलमा पराजित भएमा कास्य पदकका लागि निर्णायक भिडन्तको अवसर।
सेमिफाइनलमा तेन्जिङको प्रदर्शन राम्रो हुन सकेन। उनी इरानका नेमाती मोहमदसँग ५-० अंकले पराजित भए। नेमातीले पछि साउदी अरेबियाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जिते।
सेमिफाइनलमा पराजित भएपछि तेन्जिङलाई कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर जुर्यो। उनले कास्य पदकको भिडन्तमा लाओसका खेलाडीसँग प्रतिस्पर्धा गरे।
लाओसका २६ वर्षीय भान्थानाविरूद्ध तेन्जिङले उत्कृष्ट प्रदर्शन गर्दै ९-१ अंकको जित हासिल गरे भने देशका लागि जारी एसियन गेम्समा पहिलो पदक जित्न सफल भए।
यसरी विपक्षी खेलाडी अयोग्य घोषित हुँदा कास्य पदकको भिडन्तसम्मको बाटो तय गरेका तेन्जिङ तेन्जिङ निर्णयाक भिडन्तमा चुनेकन्।
प्राप्त अवसरमा उनले आफ्नो खेल जीवनकै सबैभन्दा अविस्वरणीय खेल खेल्न सफल भए।

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबमा आबद्ध तेन्जिङ पछिल्लो समय आफ्नो तौल समूहका उदायीमान खेलाडी हुन्।
यसअघि उनले बंगलादेशमा भाएको १०औं दक्षिण एशियाली कराते च्याम्पियनसिपको सिनियर ८४ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेका थिए।