नेपालका दिपेश महतले दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा आयोजित ११ औँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जि १४) मा रजत पदक जितेका छन् ।
पुरुष के४१ क्याटगोरीको –५८ केजीमुनि दिपेशले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा टर्कीका कोसे साबितलाई नकआउट (१४–४) को आधारमा पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
स्वर्ण पदक भिडन्तमा भने दिपेश रुसका याकुपोभ रिनाटसंग चुके ।
नेपालले विश्व पारा तेक्वान्दोमा १२ वर्षपछि यो उपलब्धी हात पारेको हो । यसअघि सन् २०१४ मा रुसमा भएको पाँचौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा यादव कुँवरले रजत पदक जितेका थिए ।
दिपेशसहित प्रतियोगितामा नेपालबाट २ खेलाडी सहभागी छन् । के ४४ को पुरुष ६३ केजीमुनि अमिर भ्लोनले शनिबार इरानका अलिजादेह अरब ए. विरुद्ध खेल्ने छन् । नेपाली टोलीको टिम म्यानेजर हेमन्त डाँगी र टिम प्रशिक्षक कविराज नेगी लामा रहेका छन् ।
प्रतियोगितामा ६४ राष्ट्रका २ सय ४५ खेलाडीहरूको सहभागिता रहेको प्रशिक्षक लामाले जनाएका छन् । उद्घाटन समारोहको मार्च पासमा अमिर भ्लोनले नेपालको झण्डा बोकेका थिए ।