‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको छ।
मदन पुरस्कार गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो।
सिफारिस गरिएकोमा सानु शर्माको 'एकादेशमा', बिन्दु शर्माको 'ओक्कल दोक्कल पिपल पात', कुमार नगरकोटीको 'ज्ञ', छुदेन काविमोको 'फातसुङ', महेश थापाको 'मरीचिका', योगेश राजको 'रणहार' र ध्रुव सापकोटाको 'विचारको लास' मदन पुरस्कारका लागि छनोट गरेको गुठीले जनाएको छ।